रसुवामा भीषण बाढी, स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा गम्भीर क्षति
reportersnepal.com · Wed Aug 26 04:43:12 GMT 2026

काठमाडौं, भदौ १० । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको छ। बाढीका कारण जनधन तथा भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तिब्बततर्फबाट ठूलो बाढी आएपछि रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका केही गाउँ डुबानमा परेका छन्। बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा क्षति पुगेको र घटनाको विस्तृत विवरण संकलन भइरहेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)