रसुवामा भीषण बाढी : टिमुरे बजार र भन्सार क्षेत्र तहसनहस, जलविद्युत् आयोजनामा ठूलो क्षति
newsofnepal.com · Wed Aug 26 04:46:52 GMT 2026

काठमाडौं ।
रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। भोटेकोशी नदीमा आएको अचानकको बाढीले टिमुरे बजार, रसुवा भन्सार क्षेत्र, सडक तथा जलविद्युत् आयोजनामा व्यापक क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बुधबार बिहान करिब सवा ९ बजेतिर एक्कासि ठूलो बाढी आएको हो। बाढीको कारण टिमुरे र आसपासका बजार क्षेत्रका घर तथा संरचना बगाएको बताइएको छ। रसुवा भन्सार क्षेत्रमा रहेका ठूलो संख्याका सवारीसाधन तथा अन्य सामग्रीसमेत बाढीले बगाएको स्थानीय अधिकारीहरूले बताएका छन्। बाढीले भन्सार क्षेत्र पूर्णरूपमा प्रभावित भएको र हाल उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)