बुकाखोला व्यवस्थापन नहुँदा सर्वसाधारणलाई सास्ती
gorkhapatraonline.com · Wed Aug 26 04:52:05 GMT 2026

मुगु, भदौ १० गते । मुगुले छिमेकी जिल्ला जुम्लासँग जोडिएको खोलाको अहिलेसम्म व्यवस्थापन गर्न सकेको छैन । सङ्घीय र प्रदेशमन्त्री हुँदा पनि सदरमुकाम नजिकैका १२ वटा बस्ती हुँदै जुम्ला जोड्ने बुकाखोला अझै प्राथमिकतामा पर्न नसकेको स्थानीयको गुनासो छ ।
छायानाथ रारा नगरपालिका–५ मा रहेको ताल्चा विमानस्थलबाट बग्ने पानीको उचित व्यवस्थापन नहुँदा छायानाथ रारा नगरपालिका–४ स्थित बुकाखोलामा पानीको बहाब बढ्ने गरेको छ । हरेक वर्ष वर्षायाममा पानीको बहाबले सयौँ हेक्टर खेतीयोग्य जमिन कटान गर्नुका साथै सडकसमेत बगाउने गरेको स्थानीयले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)