भोटेकोसी नदीमा बाढी आएपछि सडकमा यातायात बन्द गर्न गृहमन्त्रीको निर्देशन
annapurnapost.com · Wed Aug 26 04:53:56 GMT 2026

काठमाडौं : भोटेकोसी नदीमा बाढी आएपछि पृथ्वी राजमार्ग बन्द गरिएको छ। गृहमन्त्री सुधन गुरुङले पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउन निर्देशन दिएका छन्।
उनले भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कतासहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त कल गर्नुहुन अनुरोध गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)