विर्तामोडमा न्वारनको भोज खाँदा ६० भन्दा बढी बिरामी
nepalpress.com · Wed Aug 26 04:51:57 GMT 2026

विराटनगर । झापाको विर्तामोड नगरपालिका–९ मा रामकुमार श्रेष्ठको घरमा न्वारनमा भोज खाएका ६० जनाभन्दा बढी बिरामी परेका छन् । सोमबार श्रेष्ठको नातिको न्वारन थियो । भोजमा मासु चिउरा, समुसा आदी खुवाइएको थियो । भोज खाएका अधिकांश बिरामी परेका थिए ।
न्वारनमा आएर भोज खाएका ६० जनाभन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ। बिरामीहरु मध्ये केही उपचारपछि डिस्चार्ज भएका छन् । अधिकांश अझै अस्पतालमा उपचाररत रहेका छन् बिरामी परेकाहरूको प्रादेशिक अस्पताल भद्रपुर, बिर्तामोड नगर अस्पताल र अन्य निजी अस्पतालमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)