भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः द्रुवप्रसाद अधिकारी
arthadabali.com · Wed Aug 26 04:58:30 GMT 2026

काठमाडौँ / जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो संख्यामा मानवीय क्षति भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।
तिब्बतको च्याङलु लगायतका क्षेत्रमा बाढीले निकै ठुलो विनाश निम्त्याएको जानकारी दिँदै अधिकारीले क्षतिको यकिन विवरण आउन भने केही समय लाग्ने उल्लेख गरे । उनका अनुसार बाढीको आयतन (भोल्युम) निकै ठुलो रहेकाले सीमा क्षेत्रका कतिपय सञ्चार सम्पर्क विन्दुहरू समेत अवरुद्ध हुने अवस्थामा पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)