पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त पदाधिकारीको सपथ ग्रहण
swasthyakhabar.com · Wed Aug 26 05:00:13 GMT 2026

काठमाडौं— पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पास) का नवनियुक्त पदाधिकारीले बुधबार सपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री एवं सहकुलपति निशा मेहताले प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर), रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त गरेकी हुन्।
मन्त्री मेहताले शिक्षाध्यक्षमा डा. बाबुराजा महर्जन, रजिस्ट्रारमा डा. अरुण शाही, स्कुल अफ मेडिसिनको डीनमा डा. आशिष श्रेष्ठ, स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डीनमा शोभालक्ष्मी बज्राचार्य र अस्पताल निर्देशकमा डा. सन्तवीर महर्जनलाई नियुक्त गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)