फिफा विश्वकप २०२६ : बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड सेमिफाइनलमा
kendrabindu.com · Sun Jul 12 00:13:34 GMT 2026
काठमाडौं । जुड बेलिङ्घमले गरेको दुई गोलको मद्दतले इंग्ल्यान्डले फिफा विश्वकप २०२६ मा आइतबार नर्वेलाई अतिरिक्त समयको खेलमा २–१ ले पराजित गरेको छ र सेमिफाइनलमा प्रवेश गरेको छ । अब अन्तिम चारमा इंग्ल्यान्डले अर्जेन्टिना र स्विटजरल्यान्डबीच हुने खेलको विजेताको सामना गर्नेछ ।
यसअघि नै फ्रान्स र स्पेनले सेमिफाइनल यात्रा तय गरिसकेका छन् । मियामी स्टेडियममा आइतबार भएको खेलमा इंग्ल्यान्डले एक गोलले पछाडि रहेको स्थितिबाट पुनरागमन जित रचेको हो । नर्वेले ३६ औं मिनेटमा अग्रता लिएको थियो र यो गोल आन्ड्रेस सेरडरपको नाममा रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)