काठमान्डु गोर्खाजमा श्रीलङ्काका अलराउन्डर सहन
ratopati.com · Wed Aug 26 05:02:23 GMT 2026
काठमाडौँ । श्रीलङ्काका अलराउन्डर सहन अराचचिगेले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । एनपिएलको फ्रेन्चाइज टोली गोर्खाजले बुधबार आफ्नो सामाजिक सञ्जालबाट सहनलाई अनुबन्धन गरेको जनाएको छ ।
३० वर्षे सहनले श्रीलङ्काबाट ५ एकदिवसीय अन्तर्राष्ट्रिय र एक टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । उनले २०२३ को जुलाईमा वेस्ट इन्डिजविरुद्ध हरारेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए । सहनले श्रीलङ्का ‘ए’ को पनि कप्तानी गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)