रुसी विमान दक्षिण कोरियाली हवाई रक्षा क्षेत्रमा
nepalnews.com · Wed Aug 26 05:07:31 GMT 2026

सियोल । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा रुसी सैन्य विमान प्रवेश गरेपछि निगरानीका लागि लडाकू विमान परिचालन गरेको जनाएको छ। केही सातामै दोस्रो पटक यस्तो घटना भएपछि सियोलले हवाई सुरक्षामा सतर्कता बढाएको हो।
दक्षिण कोरियाली रक्षा मन्त्रालयका अनुसार बुधबार केही रुसी विमान पूर्वी सागर भनिने जापान सागर आसपासको हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका थिए। सेनाले ती विमान प्रवेश गर्नुअघि नै पहिचान गरी सम्भावित परिस्थितिका लागि लडाकू विमान परिचालन गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)