नीर शाहका डेढ दर्जन गीत पलेँटीमा, मीना र रुपकले दिँदैछन् स्वर
kalakarmi.com · Wed Aug 26 04:54:26 GMT 2026

काठमाडौं- हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’ शालामा आयोजना हुँदै आएको साङ्गीतिक पलेंटीमा यसपाली गीतकार तथा अभिनेता नीर शाह प्रस्तुत हुने भएका छन् । कार्यक्रममा शाहद्वारा रचित झण्डै डेढ दर्जन गीतहरू समावेस गरिएका छन् जसलाई पलेँटीका कण्ठ-सिल्पी मीना पोखरेल र रुपक चौधरीले गाउने छन् ।
पलेँटी कार्यक्रम आजभन्दा झण्डै २२ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो । नीर शाह लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा क्रियाशील रहँदै आएका परिचित अभिनेता तथा निर्देशक हुन् । उनको कलाकारितामा गीति सृजनाको पनि महत्वपूर्ण भूमिका रहेको छ । शाहले रचना गरेका गीतहरूले लामो समयदेखि नेपाली संगीत संसारलाई तरङ्गित बनाउँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)