अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
ratopati.com · Wed Jul 01 19:39:05 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गर्नका लागि आज बेल्जियम र सेनेगल पहिलो पटक प्रतिस्पर्धात्मक खेलमा आमने–सामने हुँदै छन् । अमेरिकाको सियाटल, वासिङ्टनस्थित स्टेडियममा हुने यो रोमाञ्चक खेल नेपाली समय अनुसार बिहीबार बिहान १ः४५ बजे सुरु हुनेछ । फिफा वरीयतामा बेल्जियम नवौँ र सेनेगल १५औँ स्थानमा रहेका छन् ।
यस विश्वकपको अन्तिम ३२ सम्म आइपुग्न दुवै टोलीले समूह चरणमा निकै उतारचढावपूर्ण यात्रा तय गरेका छन् । समूह ‘जी’ मा रहेको बेल्जियमले आफ्नो पहिलो खेलमा जुन १६ मा इजिप्टसँग १–१ को बराबरी खेलेको थियो । दोस्रो खेलमा जुन २२ मा इरानसँग गोलरहित बराबरी खेलेको तर, समूह चरणको अन्तिम खेलमा जुन २७ का दिन न्युजिल्याण्डलाई ५–१ को भारी अन्तरले पराजित गर्दै बेल्जियमले नकआउट चरणमा आफ्नो स्थान पक्का गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)