बाढीले रसुवाको ३ वटा प्रहरी कार्यालयमा क्षति
ratopati.com · Wed Aug 26 05:10:34 GMT 2026

काठमाडौँ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढीका कारण रसुवाका ३ वटा प्रहरी कार्यालयमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुवेशी र प्रहरी चौकी रसुवागढीमा क्षति पुगेको प्रहरी स्रोतको भनाइ छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलालाले प्रहरीको रेडियो सेटमा सम्पर्क हुन नसक्दा यकिन विवरण नआएको बताए । उनले भने– ‘रसुवा प्रहरीसँग कनेक्सन गर्ने प्रयास भइरहेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)