टिमुरे–स्याफ्रुबेसीमा बाढीको वितण्डा, उद्धारका लागि नेपाली सेनाका हेलिकप्टरसहित टोली परिचालन
newsofnepal.com · Wed Aug 26 05:10:33 GMT 2026

काठमाडौं ।
रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा बुधबार बिहान करिब ९ बजे अचानक आएको बाढीले खोला तटीय क्षेत्रमा क्षति पुर्याएको छ। बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाले हेलिकप्टरसहित उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन गरेको छ। सेनाका अनुसार खोज तथा उद्धारका लागि दुईवटा हेलिकप्टर त्रिशूली पुगेका छन्। त्रिशूलीस्थित जिल्ला अस्पताललाई सहयोग पुर्याउन नेपाली सेनाको Emergency Medical Rescue Team (EMRT) समेत एमआई–१७ हेलिकप्टरसहित परिचालन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)