बाढीले रसुवाका विद्युत् आयोजनामा ठूलो क्षति, कर्मचारी सम्पर्कमा छैनन्
baahrakhari.com · Wed Aug 26 05:14:36 GMT 2026

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न जलविद्युत् आयोजना तथा विद्युत् गृहमा ठूलो क्षति पुगेकोे छ । बाढीका कारण उक्त क्षेत्रमा रहेका कर्मचारीको अवस्था समेत अज्ञात रहेको प्राधिकरणले जनाएको छ ।
बाढीका कारण रसुवागढी, त्रिशूली–३ बी हब, त्रिशूली जलविद्युत्, माथिल्लो त्रिशूली–३ ए तथा देवीघाटलगायतका विद्युत् गृहमा ठूलो क्षति पुगेको बताइएको छ । यद्यपि क्षतिको विस्तृत विवरण भने अझै प्राप्त हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)