ठगी आरोपमा चार जना पक्राउ
nepalnews.com · Wed Jun 10 09:50:15 GMT 2026

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्वसाधारणसँग ३० लाख रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सिन्धुपाल्चोकका २९ वर्षीय सुमन शाही, रामेछापका ४७ वर्षीय वेदबहादुर सुनुवार, झापाका ४५ वर्षीय अनिल अग्रवाल र तनहुँका ३७ वर्षीय विवेक अधिकारीलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)