रसुवामा बाढी–पहिरोपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकिए
corporatenepal.com · Wed Aug 26 05:11:23 GMT 2026

काठमाडौं । रसुवामा बाढी र पहिरोका कारण सडक तथा यातायातमा जोखिम बढेपछि ट्राफिक प्रहरीले चार जिल्लातर्फ जाने सवारीसाधनलाई काठमाडौंमै रोकेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनतर्फ प्रस्थान गर्ने सवारीसाधनलाई काठमाडौंमै रोकिएको हो।
बाढी तथा पहिरोबाट सडक अवरुद्ध हुनसक्ने र यात्रुको सुरक्षामा जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै तत्कालका लागि ती जिल्लातर्फको आवागमन रोकिएको प्रहरीले जनाएको छ । सम्बन्धित सडकखण्डको अवस्था सामान्य नभएसम्म यात्रु तथा चालकलाई जोखिम मोलेर यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)