भोटेकोसी उर्लिएपछि गृह मन्त्रालयको आपत्कालीन सूचना : ५ जिल्ला ‘हाई अलर्ट’मा
nepallive.com · Wed Aug 26 05:18:41 GMT 2026

काठमाडौं – रसुवाको भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि गृह मन्त्रालयले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयले अर्को सूचना जारी नभएसम्म भोटेकोसी र त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च जोखिममा रहेको जनाएको छ। रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई तत्काल सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)