रसुवामा भीषण बाढी, त्रिशूली किनार छाड्न आग्रह
annapurnapost.com · Wed Aug 26 05:10:50 GMT 2026

गोरखा : रसुवाबाट आउँदै गरेको बाढीको प्रभावबाट जोगिन त्रिशूली किनार आसपास रहेका गोरखाका जनप्रतिनिधिहरूले आग्रह गरेका छन् । त्रिशूली किनारमा अवस्थित गण्डकी गाउँपालिकाले आफ्ना नागरिकलाई त्रिशूली किनार आसपासमा नरहन आग्रह गरेको हो ।
‘हामीले नदी किनारका सबै टोल,बस्तीमा फोन गरी बस्ती खालि गरी सुरक्षित ठाउँमा जान आग्रह गरिसकेका छौँ’,गण्डकी गाउँपालिकाका प्रमुख दीपक तिमिल्सिनाले भने,‘चल सम्पतिलाई पनि सुरक्षित स्थानतर्फ सार्न भनेका छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)