नर्वेलाई हराउँदै इंग्ल्यान्ड विश्वकप २०२६ को सेमिफाइनलमा
corporatenepal.com · Sun Jul 12 00:35:21 GMT 2026
काठमाडौं । जुड बेलिंघमले अतिरिक्त समयमा निर्णायक गोलसहित दुईपटक जाली चुमाएपछि इंग्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न क्वार्टरफाइनल भिडन्तमा सुरुआती गोलले अघि रहेको नर्वेमाथि इंग्ल्यान्डले शानदार पुनरागमन गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गर्यो। पहिलोपटक विश्वकपको क्वार्टरफाइनल पुगेको नर्वेले अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)