रसुवा बाढी : सेनाको एमआई १७ हेलिकप्टर उद्धारमा पठाइयो
nepalpress.com · Wed Aug 26 05:30:46 GMT 2026

काठमाडौं । रसुवा बाढीमा उद्धारका लागि नेपाली सेनाले एमआई १७ हेलिकप्टर त्रिशुली पुगेको छ ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाको इमरजेन्सी मेडिकल रेस्क्यू (ईएमआरटी) सहित उक्त हेलिकप्टर त्यहाँ पुगेको हो । त्यससँगै धुन्चे र त्रिशूली व्यारेकबाट सेनाको टोली प्रभावित क्षेत्रमा पुगेको छ । उनका अनुसार गजुरीस्थित ६ नम्बर बाहिनीबाट विपद् व्यवस्थापनको दक्ष जनशक्ति समेत खटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)