ओझेलमा ऐतिहासिक दुधकुण्ड
gorkhapatraonline.com · Wed Aug 26 05:35:02 GMT 2026

बैतडी, भदौ १० गते । बैतडीको प्रसिद्ध निङालासैनी भगवती मन्दिरको ऐतिहासिक दुधकुण्ड पुग्ने पैदलमार्ग नहुँदा यसको महिमा ओझेलमा परेको छ । दुधकुण्डको जल मन्दिरमा चढाउनुका साथै सुदूरपश्चिम प्रदेशमा मनाइने प्रमुख चाड गौरापर्वको बिरुडा धुन प्रयोग हुँदै आएको छ ।
दशरथ चन्द नगरपालिका–१, गुरुखोलामा रहेको दुधकुण्ड निङालासैनी भगवती प्रकट भएकै बेलामा दुधका धारा बगेर उत्पत्ति भएको किंवदन्ती छ । दुधकुण्ड पुग्न दशरथ चन्द राजमार्गबाट गुरुखोला गाउँतर्फ चार किलोमिटर कच्ची सडकको यात्रापछि पाँच सय मिटर पैदल हिँड्नु पर्छ । यद्यपि पैदल हिँड्ने बाटो नहुँदा भक्तजन समस्यामा पर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)