नागढुंगादेखि भरतपुरसम्मको सडक बन्द
arthasansar.com · Wed Aug 26 05:38:14 GMT 2026

रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक पूर्णतः बन्द गरिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार अहिले त्याे क्षेत्रमा बाढी पुगेसँगै बाटाे बन्द गरिएकाे हाे ।
बाढीले धादिङ जिल्ला अन्तर्गतका राजमार्ग क्षेत्र प्रभावित पारिसकेको र उक्त क्रम फैलिने अवस्था भएका कारण दुवैतर्फबाट सवारी आवागमन निषेध गरिएको बताइएकाे छ। बाढीले दर्जनौँ बस्ती र बजार बगाएको छ । तटीय क्षेत्रका बासिन्दाको उद्धारका लागि काठमाडौंबाट विपद् व्यवस्थापनको प्रहरी टोली त्यसतर्फ गइसकेको बताइएकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)