तिब्बतबाट भोटेकोशी र त्रिशूलीमा ठूलो बाढी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
bishowkhabar.com · Wed Aug 26 05:39:09 GMT 2026

काठमाडौं–चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी र त्रिशूली नदीमा ठूलो बाढी आएको जनाउँदै जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागको बाढी पूर्वानुमान शाखाका अनुसार बाढीका कारण रसुवा र नुवाकोटका नदी तटीय क्षेत्रमा जोखिम बढेको छ। बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)