सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै, विजेताले इङ्गल्यान्डसँग खेल्ने
nepalviews.com · Sun Jul 12 00:59:50 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज (आइतबार) साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको कान्सास सिटी स्टेडियममा नेपाली समयअनुसार बिहान ६:४५ बजे सुरु हुने यस रोमाञ्चक खेलको विजेताले आगामी बुधबार एटलान्टामा हुने सेमिफाइनल खेलमा इङ्गल्यान्डको सामना गर्नेछ।
यस प्रतियोगितामा दुवै टोलीको यात्रा निकै सङ्घर्षपूर्ण र रोचक रहिआएको छ। अस्ट्रिया, जोर्डन र अल्जेरियालाई पराजित गर्दै समूह ‘जे’ को शीर्ष स्थान हासिल गरेको साविक विजेता अर्जेन्टिनाले नकआउट चरणमा भने निकै कठिन चुनौती पार गर्नुपरेको थियो। अन्तिम ३२ को खेलमा केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले हराएको अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टविरुद्ध २–० ले पछि परेको अवस्था उल्ट्याउँदै ३–२ को उत्कृष्ट जित निकालेर क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)