मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
ratopati.com · Sun Jul 12 01:06:55 GMT 2026

जनकपुरधाम । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल अघि बढाउन मधेस प्रदेश सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाएको छ। आर्थिक वर्ष सकिन पाँच दिन मात्र बाँकी रहेकाले बजेट पारित नभए प्रदेश आर्थिक संकटमा पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै बैठक बोलाइएको हो।
शनिबार बसेको प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार बैठक आह्वान गर्ने निर्णय गरेको थियो। बैठकअघि बिहान ११ बजे विपक्षी दलसँग देखिएको विवाद समाधानका लागि सर्वदलीय बैठक पनि बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी सुरेन्द्र महतोले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)