रसुवामा बाढीले विद्युत् संरचनामा क्षति, आपूर्ति बन्द
makalukhabar.com · Wed Aug 26 05:59:00 GMT 2026

काठमाडौं । रसुवास्थित भोटेकोशीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणका जलविद्युत् आयोजना र प्रसारण संरचनामा क्षति पुर्याएको छ। बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिसमेत प्रभावित भएको छ।
प्राधिकरणका अनुसार रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ। त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रसहितका वितरण संरचनासमेत प्रभावित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)