कति छ विदेशी मुद्राको विनिमय दर?
himalpress.com · Sun Jul 12 01:14:48 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङसहित धेरैजसो विदेशी मुद्राको भाउ ऐतिहासिक रूपमा उच्च विन्दुमा पुगेको छ ।
केन्द्रीय बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ २३ पैसा र बिक्री दर १५२ रुपैयाँ ८३ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन युरो १ को खरिद दर १७३ रुपैयाँ ९६ पैसा र बिक्री दर १७४ रुपैयाँ ६५ पैसा तोकिएको छ । बेलायती पाउन्ड स्टर्लिङ १ को खरिज दर २०४ रुपैयाँ १५ पैसा र बिक्री दर २०४ रुपैयाँ ९५ पैसा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)