जोखिमपूर्ण तटीय बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सारौँ : रास्वपा
baahrakhari.com · Wed Aug 26 06:03:29 GMT 2026

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जोखिमपूर्ण तटीय बस्तीहरूका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कुरामा राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने जनाएको छ ।
भोटेकोसी नदीमा आएको बाढीपछि विज्ञप्ति जारी गर्दै महामन्त्री विपिन आचार्यले बाढी पूर्वानुमान शाखाको प्राविधिक सल्लाहलाई तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन् । विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरूलाई उच्च सतर्कताका साथ परिचालन गन सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)