दक्षिण अफ्रिकी फुटबलर एडम्सको निधन
kendrabindu.com · Sun Jul 12 01:18:36 GMT 2026
जोहानेसबर्ग । दक्षिण अफ्रिकाबाट विश्वकप खेलेका मिडफिल्डर जेडेन एडम्सको शनिबार २५ वर्षको उमेरमा निधन भएको दक्षिण अफ्रिकी खेलकुदमन्त्री गेटोन म्याकेन्जीले बताएका छन् । म्याकेन्जीले एडम्सको निधनका कारण भने खुलाएका छैनन् ।
‘जेडेन एडम्सको निधन भएको खबर सुन्दा मलाई गहिरो आघात र मन भारी भएको छ,’ म्याकेन्जीले विज्ञप्तीमा भनेका छन्, ‘दक्षिण अफ्रिकी फुटबलले एउटा प्रतिभाशाली युवा खेलाडी गुमाएको छ ।’ अफ्रिकन फुटबल महासंघले पनि फुटबलले एउटा युवा खेलाडी गुमाएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)