नुवाकोटको विदुरमा बाढीको वितण्डा : दुई पक्की पुलसहित भौतिक संरचनामा ठुलो क्षति
ratopati.com · Wed Aug 26 06:06:23 GMT 2026

काठमाडौँ । चीनको भूमि हुँदै रसुवाबाट सुरु भएको बाढीले नुवाकोटको विदुर नगरपालिकामा ठुलो भौतिक क्षति पुर्याएको छ । बाढीका कारण बुधबार नगरपालिकाका विभिन्न वडाका तटीय क्षेत्रहरू उच्च जोखिममा पर्नुका साथै भर्खरै निर्माण सम्पन्न भएका दुईवटा पक्की पुलसहित कैयौँ घरहरू बगाएको छ ।
विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीका अनुसार बाढीले विशेष गरी वडा नम्बर ४ को सिमचौर क्षेत्रमा ठुलो विनाश निम्त्याएको छ । उक्त क्षेत्रमा एक–दुई वर्ष अघि मात्रै शिलान्यास गरी निर्माण गरिएका दुईवटा पक्की पुल बाढीले बगाएको छ । बाढी बजार क्षेत्र र बस्तीमा पसेपछि त्यहाँ रहेका घरहरू, बैंक तथा अन्य भौतिक संरचनामा पूर्ण तथा आंशिक क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)