रसुवा बाढी : उद्धार र राहत कार्य युद्धस्तरमा अघि बढाउन डा.शेखर कोइरालाको माग
ratopati.com · Wed Aug 26 06:11:31 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को समयमा नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा.कोइरालाले रसुवाका बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य युद्धस्तरमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । उनले सङ्कटमा परेका नागरिकहरूको सारथी बन्न नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूलाई तुरुन्तै उद्धार कार्यमा जुट्न आग्रह समेत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)