टिमुरेमा कार्यरत ४ जना सशस्त्र प्रहरी सम्पर्कविहीन
ratopati.com · Wed Aug 26 06:17:39 GMT 2026

काठमाडौँ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढीका कारण रसुवा स्थित बोर्डर आउटपोस्टमा कार्यरत ४ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । बीओपी टिमुरेमा बाढी पसेको छ ।
टिमुरेमा कार्यरत ४ जना सुरक्षाकर्मी सम्पर्क विहीन भएको सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) नेत्र बहादुर कार्कीले रातोपाटीलाई बताए । उनले भने, ‘सम्पर्क विहीन भएकाहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)