प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
nepalviews.com · Wed Aug 26 06:20:28 GMT 2026

काठमाडौं । रुसुवामा भोटेकोशी नदीमा आएको बाढीले व्यापक क्षति गरेको छ । चीनको स्वशासित क्षेत्र तिब्बततर्फ भएको वर्षापछि ठूलो बाढी आएको जनाइएको छ । बाढीले रसुवाको टिमुरे बजार बगाएको जनाइएको छ ।
बाढीले रसुवा, नुवाकोट र धादिङसम्म क्षति गरेको छ । बाढीको वितण्डापछि प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । यसअघि प्रधानमन्त्रीले राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणका पदाधिकारीसँग छलफल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)