बाढीको जोखिमपछि धादिङ, रसुवा र चितवनतर्फ जाने सवारी काठमाडौंमै होल्ड
baahrakhari.com · Wed Aug 26 06:22:48 GMT 2026

काठमाडौं । चीन तर्फबाट आएको भीषण बाढी भोटेकोसी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधनलाई रोकिएको छ ।
बाढीका कारण सडक तथा नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुंगा र भीमढुंगा नाका हुँदै बाहिरिने सवारीसाधनलाई काठमाडौंमै रोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)