त्रिशूलीमा बाढीले नाघ्यो खतराको तह
ratopati.com · Wed Aug 26 06:26:35 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार मलेखुस्थित फुर्के जलमापन केन्द्रमा त्रिशूली नदीको जलसतहले खतराको तह पार गरिसकेको छ र यो अझै तीव्र रूपमा बढ्दो क्रममा रहेको छ।
नदीमा पानीको बहाव खतरनाक रूपमा बढेपछि महाशाखाले तटीय तथा डुबान जोखिम क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अपिल गरेको छ। भदौ १० गते बिहान ११ ः ४३ बजे महाशाखाले चेतावनी जारी गर्दै भनेको छ, ‘रसुवा भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदी फुर्के जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)