भोटेकोशीको बाढीले त्रिशूलीमा उर्लियो पानी, धादिङका बस्ती जोखिममा
nepalviews.com · Wed Aug 26 06:26:55 GMT 2026

धादिङ । तिब्बतबाट भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदीमा मिसिएको छ । त्रिशूलीमा बाढी मिसिएसँगै धादिङका तटीय क्षेत्रमा जोखिम बढेको छ । बाढी मलेखुबाट तलतर्फ बढ्दै कुरिनटार आसपास पुग्न लागेको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिइन् ।
उनका अनुसार बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । पक्की तथा झोलुंगे पुलहरू बाढीले बगाएको उनले बताइन् । यद्यपि, अहिलेसम्म मानवीय क्षति भने नभएको उनले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)