भोटेकोशी बाढीले ४३० मेगावाट बिजुली प्रणालीबाट बाहिरियो
aarthiknews.com

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाको कुल ४०५ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ । त्यस्तै, २५ मेगावाट क्षमताको सोलार आयोजनाको विद्युत् उत्पादनसमेत प्रभावित भएको छ । बाढीका कारण जलविद्युत् र सोलार गरी कुल ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको हो ।
यता, बाढीले नेपाल विद्युत् प्राधिकरणका उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ हब, २२० केभी सबस्टेशन, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्र र विभिन्न वितरण संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)