बाढीबारे संसद्मा गृहमन्त्रीले जानकारी गराउने तयारी
ratopati.com · Wed Aug 26 06:30:04 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले रसुवाको बाढीबारे जानकारी गराउने गरी तयारी भइरहेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार आज संक्षिप्त बैठक बस्ने र गृहमन्त्रीले हालै घटेका घटनाका सम्बन्धमा सदनलाई आधिकारिक जानकारी गराउने गरी आन्तरिक तयारी भइरहेको छ ।
आजको बैठकमा गृहमन्त्रीको ब्रिफिङबाहेक अन्य कार्यसूचीका विषयलाई अगाडि बढाउने वा नबढाउने भन्नेबारे अझै छलफल भइरहेको प्रवक्ता गिरीले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)