भोटेकोशीमा बाढी : प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारी सम्पर्कविहीन
annapurnapost.com · Wed Aug 26 06:26:09 GMT 2026

काठमाडौं : रसुवाको भोटेकोशीमा बाढी आउँदा प्रहरी,अध्यागमन र भन्सारका अधिकारीहरू सम्पर्कविहीन छन्। स्रोतका अनुसार टिमुरेलगायत क्षेत्रमा खटिएका झन्डै १७ जना प्रहरी,केरूङ नाकामा खटिएका अध्यागमनका चार कर्मचारी र भन्सारका आधाजसो कर्मचारी सम्पर्कविहीन बनेका हुन्। भन्सारका १४ जना कर्मचारीमध्ये आधाजसो सम्पर्कविहीन भएको बताइएको छ। सम्पर्कमा आएकाहरू भने स्थानीय खैदी गाउँमा गएर बसेका छन्।
अध्यागमन अधिकृत भने जिल्ला प्रशासन कार्यालय रसुवाको सम्पर्कमा आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)