माजिद अन्सारी रिहाइको माग गर्दै विराटनगरमा धर्ना दिने २६ जना पक्राउ
onlinekhabar.com · Sun Jul 12 01:50:05 GMT 2026

२८ असर, विराटनगर । जेनजी अभियन्ता माजिद अन्सारी पक्राउकाे विराेधमा जिल्ला प्रहरी कार्यालय मोरङको गेट अगाडि धर्ना दिन पुगेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति साढे ९ बजे प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिने क्रममा २६ जनालाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, कार्यालयको मुख्य गेटमा आवागमन नै प्रभावित हुने गरी प्रदर्शन गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरू सबै जेनजी समूहका अभियन्ताहरू रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)