रसुवामा कार्यरत १६ जना प्रहरी कर्मचारी सम्पर्कविहीन
ratopati.com · Wed Aug 26 06:45:08 GMT 2026

काठमाडौँ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठुलो भौतिक क्षति भएको छ । रसुवाको टिमुरे बजार र नुवाकोटको त्रिशूली बजारमा रहेको घरहरु बाढीले बगाएको छ ।
रसुवास्थित नेपाल–चीन सिमाना स्थित रसुवागढी प्रहरी चौकीमा कार्यरत प्रहरीहरू सम्पर्कविहीन भएका छन् । रसुवागढी हुँदै टिमुरे क्षेत्रका ३ वटा प्रहरी युनिटमा कार्यरत १६ जना प्रहरी सम्पर्कबिहिन् भएको बागमती प्रदेशका डीआईजी दीपक रेग्मीले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)