जीवन बचाउने प्रणाली : रक्तसञ्चार नीति संवाद
annapurnapost.com · Wed Aug 26 06:46:00 GMT 2026

मानव सभ्यताको इतिहासमा विज्ञानले असम्भवजस्ता देखिएका असंख्य चुनौतीहरूलाई पराजित गरेको छ । कृत्रिम मुटु र आँखा त बनाइसकेको छ । अक्सर अधिकांश अंग प्रत्यारोपण सम्भव भएको हामी पाउँछौं । हाम्रो आँखाअगाडि नै जिन सम्पादनको युग सुरु भएको छ । त्यसमाथि अझ कृत्रिम बुद्धिमत्ताले स्वास्थ्य प्रणालीलाई रूपान्तरण गरिरहेको छ । तर एउटा सत्य आज पनि अटल छ । र, त्यो होस् मानव रगतको पूर्ण विकल्प विज्ञानले अहिलेसम्म बनाउन सकेको छैन ।
चिकित्सा विज्ञानको क्षेत्रमा आधुनिक रक्तसञ्चार सेवाले रगतको समूह र उपसमूह पहिचान, रक्त तत्वहरू छुट्ट्याउने, संक्रमण नियन्त्रण, प्रतिरक्षा अनुकूलता, भण्डारण व्यवस्थापनलगायतको गुणवेत्तासहित अटोमेसन र डिजिटल ट्रेसबिलिटीमा उल्लेखनीय प्रगति गरेको छ । तर, एउटा बिरामीको शरीरमा आवश्यक पर्ने रगत भने अन्ततः अर्को स्वस्थ मानिसबाट मात्र उपलब्ध गराउनुपर्ने हुन्छ, यहाँ विकल्प दिन विज्ञानसमेत हार्छ । एउटा मानिसले अर्को मानिसलाई जीवन दिन सक्छ भन्ने सबैभन्दा प्रत्यक्ष, वैज्ञानिक र मानवीय उदाहरण रक्तदान हो । रक्तं प्राणायतनानां प्रमुखं परिकीर्तितम भनेर सुश्रुतसंहिता शरीर स्थानमा समेत रगतलाई प्राणको प्रमुख आधार स्थान मानिएको छ । परापूर्वकालदेखि नै यसको महत्व के कति छ भन्ने प्रसंगलाई यो श्लोकले समेत अझ स्पष्ट पारेको हामी पाउँछौं ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)