मलेखु हुँदै मुग्लिनतर्फ बाढी, त्रिशूली किनारका बस्ती खाली गर्न आग्रह
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडदँ । रसुवाको भोटेकोशीमा आएको ठूलो बाढी त्रिशूली नदी हुँदै धादिङको मलेखु बजार आसपास पुगेको छ। बाढी अबको करिब आधा घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेकाले त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन विशेष आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन, नारायणगढलगायत त्रिशूली नदी आसपासका सम्पूर्ण बस्ती तथा बजार क्षेत्रहरू खाली गरी सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)