प्रधानमन्त्री बालेनले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
arthadabali.com · Wed Aug 26 07:01:12 GMT 2026

तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो क्षति भएपछि प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरमा बस्ने बैठकमा बाढीबाट भएको क्षतिको अवस्था, प्रभावित नागरिकको उद्धार तथा राहत, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण र तत्काल अपनाउनुपर्ने आवश्यक कदमबारे छलफल हुने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)