धुन्चेका वडाध्यक्ष भन्छन्- 'टिमुरे र स्याफ्रुबेंशीका कसैसँग पनि सम्पर्क हुन सकेको छैन'
ukeraa.com

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति भएको छ। आज बिहान लेदोसहितको भीषण बाढीले दुवै क्षेत्रका बासिन्दा पूर्ण रूपमा सम्पर्कविहीन भएका छन्।
गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६, धुन्चेका वडाध्यक्ष दावा सिदार वाइबाका अनुसार बाढी प्रभावित टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका स्थानीयवासीहरूसँग हालसम्म कुनै पनि माध्यमबाट सम्पर्क हुन सकेको छैन। सञ्चार सेवा अवरुद्ध भएकाले त्यहाँको वास्तविक क्षति र स्थितिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)