मलेखुस्थित त्रिशूलीमा जलसतह उच्च
gorkhapatraonline.com · Wed Aug 26 07:14:27 GMT 2026

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह बढेको छ । धादिङको मलेखुस्थित त्रिशूली नदीको जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको जल विज्ञान तथा अनुसन्धान केन्द्र,जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
शाखाका प्रमुख विनोद पराजुलीका अनुसार मलेखुस्थित त्रिशूलीमा पानीको सतह अहिले १०.४८ मिटर पुगेको छ । उक्त स्थानमा आठ मिटर पानीको सतह पुगेपछि खतरा तह मानिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)