भोटेकोशीमा बाढी : रसुवा र नुवाकोटका १५ जलविद्युत् आयोजनामा क्षति, ३५९ मेगावाट बिजुली उत्पादन प्रभावित
annapurnapost.com · Wed Aug 26 07:06:19 GMT 2026

काठमाडौं : अविरल वर्षासँगै आएको भीषण बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका प्रमुख जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरण अनुसार बाढीका कारण सञ्चालनमा रहेका १० वटा र निर्माणाधीन ५ वटा गरी कुल १५ वटा जलविद्युत् तथा सौर्य ऊर्जा आयोजनाहरू प्रभावित भएका छन्।
इप्पानका अनुसार बाढी कारण सञ्चालनमा रहेका कुल ३५९ मेगावाट क्षमताका आयोजनाहरूबाट विद्युत् उत्पादन प्रभावित भएको छ भने निर्माणाधीन ३१४ मेगावाट क्षमताका आयोजनाका भौतिक संरचनामा समेत गम्भीर क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)