प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम स्थगित
ratopati.com · Wed Aug 26 07:15:08 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ। दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा तय भएको कार्यक्रम मुलुकका विभिन्न जिल्लामा बाढीले पुर्याएको क्षतिका कारण स्थगित गरिएको हो।
तिब्बततर्फबाट आएको भीषण बाढीले विभिन्न जिल्लामा ठुलो क्षति पुर्याएपछि प्रधानमन्त्री वालेन्द्र शाह विपद्पछिको खोज, उद्धार र राहतका विषयमा विभिन्न संयन्त्रसँगको छलफलमा व्यस्त छन्। विपद्को संवेदनशील समयमा अन्य विषयमा छलफल नगर्ने गरी प्रश्नोत्तर कार्यक्रम स्थगित गर्न लागिएको जानकारी संघीय संसद् सचिवालय स्रोतले दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)