नेपाल टेलिकमले ल्यायो हजारौँ नम्बरमा एकैपटक भ्वाइस म्यासेज पठाउने Outbound IVR सेवा
ajakoartha.com · Wed Aug 26 07:14:00 GMT 2026

काठमाडौं नेपाल टेलिकमले एकैपटक हजारौ टेलिफोन तथा मोबाइल प्रयोगकर्ताहरुलाई बढीमा एक मिनेट सम्मको Pre-Recorded व्यावसायिक तथा सूचनामूलक जानकारी भ्वाइस म्यासेजको रुपमा पठाउन सकिने Outbound IVR (Interactive Voice Response) सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा संस्थागत तथा व्यक्तिगत ग्राहकहरुका लागि उपयोगी हुनेछ । कम्पनीले केही समय देखि आन्तरिक प्रयोजनका लागि परीक्षण स्वरुप सञ्चालन गरिरहेको यस सेवालाई व्यावसायिक रुपमा सञ्चालनमा ल्याएको हो ।
यो एक प्रकारको सामूहिक सूचना प्रणाली हो । कुनै सूचना, परीक्षाको नतिजा वा प्रवद्र्धनात्मक सामग्री आदि धेरै व्यक्तिहरुमा पुर्याउनका लागि यो सेवा उपयोगी छ । कुनै पनि कार्यालय, व्यवसायी वा सूचना प्रवाहकर्ताले यसका लागि कल गर्नुपर्ने नम्बरहरुको सूची र सन्देश सहितको भ्वाइस फाइल नेपाल टेलिकमलाई उपलब्ध गराएर निश्चित प्रक्रिया पुरा गरे पश्चात यो सेवा उपलब्ध हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)